युएईमा अलपत्र, आठ जना नेपालीको उद्दार

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

युएई । काठमाडौं स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ ।

नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई गरेका छन् ।

युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङ पक्राउ परि सकेका छन् ।