
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा २८५८ औ सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ समाज अमेरिकाको आयोजनामा भएको तामाङ समाज अमेरिकाका अध्यक्ष बिनिता तामाङको अध्यक्ष्यता, महावाणिज्यदुतावासका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकर, नेपालको पहिलो ट्रान्सजेन्डर सुपर मोडेल अन्जली लामाको विशेष आतिथ्यतामा उक्त सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक मिलन लामा र वरिष्ठ म्हेन्दोमाया गायक हेम वाइबा, अन्जली लामा लगायतका कलाकारले मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र संस्थाका अध्यक्षद्वारा संयुक्त रुपमा भाषाविद् अमृत योञ्जनद्वारा लिखित ूतामाङ ताम्ू पुस्तकको विमोचन गएिको थियो धादिङका बुद्धिमान वाईवाले न्युयोर्क धादिङपाृेष्टलाई जानकारी दिए ।