सीसीएमसीसीको फागुन १ बाट विद्यालय खुलाउन सिफारिस

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७८

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । तर, काठमाडौंको गोकर्णेश्वरलगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए ।

सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका छन् ।