
कतार । कतार स्थित अलदोसरी पार्कमा मञ्जश्री सम्वत २८५८ सोनम ल्होछार ताक (च्यान) ल्हो बाघ वर्गको अवसरमा भव्य सँँस्कृतिक कार्यक्रम भएको सुवास तामाङले धादिङपोष्टलाई बताए ।
नेपाल प्रवासी तामाङ समाज कतार द्वारा आयोजित उक्त ल्होछार कार्यक्रममा नेपाल आधिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यता र NRNA NCC कतारका अध्यक्ष मुक्तात मुसलमानको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कतारमा रहेका नेपालीहरुको उलेख्य सख्यामा सहभागिता रहेको थियो । “तामाङ जातिको परिबर्तन, आर्थिक तथा शैक्षिक सुदृढीकरण” भन्ने मुल नाराको साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले प्रत्येक वर्ष गर्दै आएको ल्होछार कार्यक्रम गर्दै आएको छ ।

कतारका विभिन्न शहरबाट कार्यक्रम स्थल सम्म आउन निशुल्क यातायात र खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ समाज कतारका कलाकार टोलीले ताम्बा, लामा, बोम्बो, सेलो, म्हेन्दोमाया लगायत विविध संस्कार संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरु देखाएका थिए ।