धादिङका स्याम्चेनको दिमाग खराव गित सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

धादिङ । जनसास्कृतिक महासङ्घ नेपाल धादिङका अध्यक्ष एवम् म्हेन्दो माया कलाकार संघ धादिङ निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेनको दिमाग खराव बोलको गित सार्वजनिक भएको छ ।

बर्ल्हु म्हेन्दो डिजिटल प्राईभेट लिमिटेडबाट युटुब मार्फत सार्वजनिक गरिएको यस अडियोकधो संगीत संयोजक माधव भण्डारी, आवाज सन्दिप स्याम्चेन तामाङ र सन्जु लामा शब्द र भाका सन्दिप स्याम्चेनले गरेका हुन् ।

यस गितमा माया पिरातीमा दिमाख खराब हुने कथा वस्तु उल्लेख गरिएको छ । चाडै नै भिडियोको बनाईने हुँदा कोहि नव इच्छुक म्युजिक भिडियोमा चासो लिने आफू भित्र लुकेर रहेको कला छ भने यहि गित मार्फत भिडियोमा आफर गरिएको स्याम्चेन बताउछन् ।