
धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर १ र नुवाकोटको सीमामा बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
२०७६ बैशाख ११ गतेबाट सुरु भएको बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको काम सम्पन्न भए सँगै काठमाडौं उपत्यकाको फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्था गर्न सकिने बताईएको छ ।
दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल बनाउने काम निर्णय कोशी लुम्बिनी निर्माण कम्पनीले साइट भवन, फोहोर फाल्ने पूर्वाधार तयार गरि रहेको छ । सोको निर्माण ७० प्रतिशत सम्पन्न भएको छ । भने उक्त ठाँउमा जान सडक र डम्मको काम गरि रहेको कालिका जेभिले ८० प्रतिशत भौतिक प्रगति गरेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
हालको फोहोर व्यवस्थापन भइरहेकै नुवाकोटको औखरपौवा सिसडोल भरिएकाले थप फोहोर फाल्ने ठाउँको अभाव हुन थालिसकेको छ। अब केही समय पछि धादिङको धुनिबेशीको बञ्चरेडाँडा स्यानेटरी ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न सकिने सहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।
