युवा संघ ज्वालामुखीकाे अध्यक्षमा प्रकाश भारती चयन सँगै ३४ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७८

धादिङ । राष्ट्रिय युवा संघ नेपाल ज्वालामुखी गाउँपालिका धादिङको प्रथम अधिवेशनबाट प्रकाश भारती चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम लाेहनीकाे प्रमुख आतिथ्यता र संघका जिल्ला संयाेजक काजी श्रेष्ठकाे विशेष आतिथ्यतामा भएकाे उक्त अधिवेशनले उपाध्यक्षमा दिपक थापा, सचिवमा दिनेश अधिकारी, सह सचिवमा डम्बर तामाङ र मिलन शाही यस्तै
काेषाध्यक्षमा भिम प्रसाद खकुराललाई चयन गरेकाे छ ।

उक्त कार्यक्रममा २ जना महिला र ३२ जना पुरुष गरी ३४ जनाले रक्तदान समेत गरेका थिए । कोभिड–१९ का कारण उत्पन्न रगत अभाव पूर्तिका लागि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धादिङले शनिबार देखी सप्ताह–व्यापी रक्तदान अभियान सुरु छ ।