देशभरमा आज ८ हजार ४५४ संक्रमित थप, ५ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २० हजार ३ सय ५९ जनामा परीक्षण गराएको मध्य ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार ८ सय १९ संस्थागत र ८८ हजार २ सय ४८ जना होम आइसोलेसनमा रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले हाल २५१ जना आइसियु र ४८ जना भेन्टिलेटर उपचाररत रहेको जानकारी दिए ।