धादिङमा आज ८५ जनामा कोरोना पोजेटिभ, सक्रिय केश ४१५ पुग्यो

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ७, २०७८

धादिङ । निलकण्ठमा ११, गजुरीमा १७, धुनिबेसिमा १४, गंगाजमुनामा ३, त्रिपुरासुन्दरीमा १५, ज्वालामुखीमा ४, बेनिघाटमा २, गल्छीमा ४, रुबिभ्यलिमा ३, नेत्रवातिमा १२ गरि धादिङमा आज ८५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार यो सँगै धादिङका कोरोना पोजेटिभ हुनेको संख्या ४१५ पुगेको छ र यी सबै होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको जानकारी अनुसार नेपालमा आज १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ७६६ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेका छन्।