
काठमाडौं । प्रहरीले करिव ७ हजार लिटर नक्कली महसहित नरेश श्रेष्ठलाई काठमाडौं ज्याठाबाट पक्राउ गरेको छ ।
श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा विक्री गर्ने गरेको पाईएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले बताए ।
ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको पाईयो । उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनायो ।