
धादिङ । धादिङमा आज ६९ जना कोरोना भाईरस संक्रमित भएका छन् । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३३० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितहरुमा नीलकण्ठमा ५, धुनिबेसिमा १४, गजुरीमा ८, बेनिघाटमा ६, ज्वालामुखीमा २६, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा २, जिल्ला आयुर्वेद सेन्टरमा ३ गरि जिल्लामा ६९ छन् ।
पोजेटिभ देखिएका सबै जना होम आईशोलेसनमा रहेको पनि जल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।