पाँच ठाेक्तक

Avatar photo
Dhadingpost
शनिबार, माघ १, २०७८

ठाेक्तक १
गरीबलाई गामबेसी नै पानी-पधेंराे रहेछ
घर उज्यालाे भए पनि मन अधेंराे रहेछ
कर्के नजर देखेर मन खिन्न भएथ्याे मेराे
तर बुझ्दा थाहा भयाे अाँखा नै डेराे रहेछ

ठाेक्तक २
तराइबासी देखे पछि भैया भन्न मन लाग्छ
चिसाेले जिउ दुखे पछि ऐया भन्न मन लाग्छ
हरेक मङ्सिर र वैशाख निरर्थक बिते मेरा
तिमी अर्कैकी भए पनि मलाई त मैयाँ भन्न मन लाग्छ

ठाेक्तक ३
गरीबलाई जहाँ गए पनि तिरस्कार र अपमान छ
धन र मान नभए पनि नामै मेराे धनमान छ
मसँग सुन पनि छैन र शान पनि छैन हजुर
मसँग एउटा जिन्दगी छ, तर सधैं सुनसान छ

ठाेक्तक ४
न गाेल कहिल्यै माल बन्छ
न माल कहिल्यै गाेल बन्छ
जब कामकुराे बिग्रेर जान्छ
त्याे बेला सबथाेक गाेलमाल बन्छ

ठाेक्तक ५
खाेइराे खने भित्ताेले नि सुन्छ भन्छन्
गरीब अाफ्नै वेदनाले रुन्छ भन्छन्
समस्याका चाङहरु ज्युँकाे त्युँ रहे पनि
नेताहरु जे मागे नि ‘हुन्छ’ भन्छन्