बढ्दो संक्रमित, ६ अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३०, २०७८

काठमाडौं । नेपालमा कोरोनाको संकमणलाई न्यूनिकरण गर्न सरकारले विभिन्न मापदण्डहरु बनाएर काम सुरुगरेको भएता पनि तेस्रो भेरियन्टहरु तिब्रगतिमा फैलिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

पछिल्लो समय काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । जसमा टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ स्वास्थ्यकर्मी छन् ।

तेस्रो लहरको सुरुवातमै काठमाडौंसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ । तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम बढेको देखिन्छ ।

यही रूपले संक्रमण फैलिँदै गए तीन–चार हप्ता केस तीव्र रूपमा बढ्छ । त्यसपछि बिस्तारै कम हुन थाल्छ । यसबीचमा सबैलाई संक्रमण हुन्छ । तर, गम्भीर हुने दर डेल्टाजस्तो हुन्छ वा हुँदैन अहिले भन्न सक्ने अवस्था नभएको शिक्षण अस्पताल, कोभिड रोकथाम संयोजक प्रा।डा। सन्तकुमार दास बताउँछन् ।