पृथ्वीनारायण शाह र एकता दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २७, २०७८

नेपाल एकीकरणको कुरा गर्दा राजा पृथ्वीनारायण शाहको नाम अग्रपंक्तिमा आउँछ । सायद उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरि बिशाल नेपाल राज्यको स्थापना नगरेको भए आज हामी नेपाली भनेर गर्व गर्ने अवसर पाउथ्यौं वा पाउँदैनथ्यौं कसैलाई थाहा छैन । विश्व मान चित्रमा स्वर्णिम नाम नेपाल हाम्रा वीर पुर्खाहरुकै योगदानको फल हो । त्यसो त आज तिनै वीर पुर्खाहरुको योगदानलाई नजर अन्दाज गर्दै अपमानको नजरले हेर्ने प्रवृत्ति हाम्रो राजनीतिले अनुसरण गरेको छ जुन निकै दुःखद र लज्जास्पद अवस्था हो ।

हुन त पछिल्लो समय विभिन्न राजनीतिक दलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई नेपालको एकाता दिवसका रूपमा मनाउन सरकारसँग माग गरिरहेका छन् , त्यो उनिहरुको राजनितिक स्टन्ट हो वा वास्तविकतामै चाहन्छन् त्यो त उनिहरुलाई नै थाहा होला तर आवश्यकता भने यहि नै हो । विश्वका अधिकांश मुलुकमा राष्ट्रिय दिवसलाई विशेष महत्त्व दिदै उल्लासका साथ मनाउने गर्छन् । तर हामिकहा भने नेपालको रास्ट्रिय दिवसको झल्को दिने कुनै पर्व छैन । यस्तो अवस्थामा पृथ्वीनारायण शाहको जन्मोत्सबलाई रास्ट्रिय दिवसको रुपमा मनाउन सकिए इतिहास र पुर्खाको सम्मान संगै एकताको एउटा बिगुल सार्थक हुने थियो । पछिल्लो समय राष्ट्रिय एकताको आवश्यकताको जुन रुपमा अनुभूत हुँदै गएको छ यो कुरा देशलाई माया गर्ने सबै नेपालीले महसुस गरिरहेका छन् ।

१० वर्षे जनयुद्ध र त्यसपछिको परिवर्तित नेपालको राजनितिक घटनाक्रमले जुन मोड लिग्यो त्यो परिवर्तनको एउटा बिन्दु थियो होला तर जुन रुपमा इतिहासको उपेक्षा गरियो त्यो बिर्सन लायक प्राय छ । राजनिती सिद्धान्त र पार्टी बीच बिचार र धारणा फरक हुनु स्वभाविक हो तर राष्ट्रिय स्वाभिमानको विषयमा मत विभाज्य हुनु पक्कै राम्रो मान्न सकिदैन ।

अनेकतामा एकता त्यसै भनिएको थिएन नेपाललाई । ‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’, ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ यस्ता दिव्योपदेशका दूरगामी परिभाषा के अहिलेका राजनितिक बृतले आत्मसाथ गरेका छन् रु स–साना राज्यमा बाँडिएका बाइसे र चौबिसे राज्यलाई एकता गरि सिङ्गो एक सुन्दर रास्ट्रको निर्माण गर्ने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि. सं. १७७९–१८३१) आधुनिक नेपालको राष्ट्रनिर्माताको हुन, जुन कुरा सबैले बुझ्नु जरुरी छ । उनको जन्म दिनलाई रास्ट्रिय दिवसको रुपमा मनाउदा उनको जन्म दिन मात्र होईन सिंगो नेपालको पहिचान संगै नेपालीपन जुर्मुराएको दिनको आभास गर्न सकिन्छ । उनले प्रस्तुत गरेका राष्ट्रवाद, समाजबाद र अविभाज्य नेपालको अवधारणा इतिहासको चिरकाल सम्म अजर नै रहनेछन ।

दस ‘दिव्य-उपदेश’
– बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.
–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.
–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.
–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ.
–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ.षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन.सुरो पनि हंदैन.
–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।।
–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.
–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् ।
–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्.
–मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ).

उनले हिमालयको दक्षिणी भागमा रहेका साना राज्यमाथि औपनिवेशिक खतराको परिकल्पना नगरेको भए आज हामी नेपालि भनेर छाती चैडा गर्न पाउने थिएनौ होला सायद । दक्षिणमा मुगल साम्राज्यको पतनपछि, युरोपेली उपनिवेशवाद दक्षिणपूर्वी एसियामा ठूलो संख्यामा व्यापारीको रूपमा प्रवेश गरे , जुन खतराको घण्टि थियो । उनिहरुले सुरु गरेको उपनिवेशले नेपाल पनि अछुतो थिएन । पूर्वि असमदेखि पश्चिम कश्मीरसम्म र दक्षिणमा गंगा नदी र ब्रह्मपुत्र नदीसम्म पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म फैलिएको भुभाग दर्जनौं राज्य बिभक्त थिए ।

यो नेपालको लागि मुख्य कमजोरी र खतरा हो भन्ने राजा पृथ्वीनारायण शाहले बुझेका थिए । जसको फलस्वरूप २० वर्षको कलिलो उमेरमा शत्रुहरूसँग लड्दै एक शक्तिशाली राष्ट्र निर्माण गर्न टुक्रे राज्यहरुलाई एकीकरणको अभियान चलाए र जिवनको लामो समय नेपालको एकीकरणमा खर्च गरे । उनै राजाले बेलायती उपनिवेशवादबाट नेपाललाई नबचाएको भए हामी नेपाली हुने थियौ होला र ? हो तिनै बृहत्तर नेपालका निर्माताको सम्झनालाई किन हामी दिवसको रुपमा नमनाउने ?

१६१४–१६१६ को अंग्रेज युद्धपछि ब्रिटिस उपनिवेशले बृहत्तर नेपालको झन्डै आधा नेपाली भूमि लुट्यो र आफ्नो नयाँ उपनिवेश भारतमा विलय गर्‍यो । तथाकथित सुगौली सन्धिले त झन नेपालको भुमीमाथि पूर्व, पश्चिम र दक्षिण तीनै तिरबाट भारतले भूपरिवेष्ठित अखडा जमायो अझ भनौ कब्जा गर्‍यो । केपि सरकारले नक्सा जारी गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तामा पनि त्यसै ताका भारतले कब्जा गरेको थियो । जुन भुमि माथि अझै भारतले हैकम जमाईरहेको छ । भुपरिबेस्ठित हुनुको फाईदा उठाउदै भारतले हामीलाई समय समयमा आर्थिक नाकाबन्दी देखीका हर्कत समेत गर्दै आएको छ ।

हामीले नक्शा त जाी गर्‍यौं तर आफ्नै भुभाग फिर्तिको लागि कुनै ठोस कदम चाल्न सकेका छैनौं । भर्खरै भारतिय पक्षले हाम्रै भुमिमा मजबुद बाटो बिस्तारलाई तिब्रता दिएको छ तर हाम्रो सरकारी पक्ष मौन छ । के हाम्रा पुर्खाहरुले यस्तै दाश्त्वको सिद्धान्त सिकाएका थिए त ? अब समय आएको छ भारतिय उपनिवेशमा विलय भएको ग्रेटर नेपालको भूभाग नेपालले दाबी गर्ने । जुन भुमी कहिल्यै भारतको थिएन र हुन सक्दैन । यो गर्न सकेमा उता बाङ्गलादेश संग सिदा सम्पर्क हुन्छ भने भारत संग भुपरिबेस्ठित परनिर्भरता हट्नेछ ।

राजा पृथ्वीनारायण शाहकै एकीकरण अभियानका कारण नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। जुन भुभाग नेपाल अंग्रेज युद्धपश्चात्को सुगौली सन्धिसम्म पनि नेपालकै अधिनमा थियो। तर आज त्यो भुमी हाम्रो साथ छैन । के अब हामी जाग्नु पर्दैन ? पुर्खाले जति गरे त्यसको संरक्षण गर्नु र अरुले लुटेकी हाम्रो अधिकार फिर्ता गर्ने सामर्थ्य हामीले राख्नु पर्दैन र ? स्मरण रहिस राज पृथ्वीनारायण शाहलाई सम्झदै गर्दा ‘नेपाल दुई ढुंगाबीचको तरुल हो । दक्षिणको बादशाह महाचतुर छ । जाइकटक नगर्नु, झिकी कटक गर्नु । नेपाल चार वर्ण, छत्तीस जातको साझा फूलबारी हो ।’ जस्ता उपदेशहरू कहिलै भुल्न सकिँदैन ।

त्यसो त देशको अर्थ नितिको बारेमा पनि उनले ठोस कदम चालेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने मान्यता अनुरुप सरकारले कर आफै उठाउनु पर्ने धारणा ल्याए, काठमाडौ संग सिधा बाटो जोड्ने नीति, स्थानीय उत्पादनलाई जोड आदि सम्झन योग्य नीति हुन । यति मात्र होईन विदेशी व्यापारीहरू नेपाल प्रवेश गरे मरुभूमि बनाउने भन्दै विदेशी कपडा लगाउनेलाई बहिष्कार गर्ने सल्लाह समेत दिएका थिए । स्थानीयवासीलाई कपडा बुन्न प्रशिक्षण दिनु यसैको उपज थियो । उनै राजाले नेपाली जडीबुटी विदेशी भूमिमा बेच्ने र यसबाट प्राप्त सम्पत्ति देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए। उनको दिव्योपदेश नै थियो कि ‘प्रजा मोटो भए दरबार बलियो रहन्छ।’ बौद्ध धर्म दर्शन र हिन्दु सनातन धर्म दर्शनको एकतालाई मुर्तता दिदै उनले धार्मिक पहिचान समेत सुरक्षित गरेका थिए ।

एकीकरण सँगै र्मनिरपेक्षता, समावेशिता, समानता र सार्वभौमसत्ता सहितको आधुनिक राष्ट्रवादको सबै विशेषता झल्किल्किने नेपालको निर्माता उनलाई सम्मान नगरी बस्न कुन सच्चा नेपालिको मन मन्ला र । तर बिडम्बना अहिलेका स्वार्थको खोल ओडेकाहरुले पुर्खा र ईतिहासको विरासत मेटाउन सक्दो प्रयास गरिरहेका छन्। गणतन्त्र घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्ने हिम्मत देखाइन । नेपाली सेनाले शान्ति सम्झौता पछि पनि आफ्नो कडा अडानको साथ पुर्खाको सम्झना र सम्मान गरिरहेको छ १ सेनाले आफ्नो संस्थापकको सम्मान र गौरवलाई कहिल्यै झुक्न दिएको छैन।

विभिन्न घटनक्रमको उपज राजतन्त्रको उन्मूलनपछि पनि नेपाली सेनाले विगतमा जस्तै उनलाई सम्मान गर्दै आएको छ। तर गणतन्त्रका हिमायत भन्नेहरुको लागि यो सबै कुरा अमान्य बनिरहेकै छ अझै । पृथ्वीनारायण शाहको वीरता, राज्यसत्ता र प्रशासनिक गुणले नेपालीलाई गौरवको अवसर दिएको छ । उनको दूरदर्शि निति र बुद्धिमत्ताको कारण नेपाल सबै धर्म, भासा र भुगोलमा एकताबद्ध भएर बसेका छन । तर अहिले परिवर्तनको नाममा ल्याईएका जातिय, धार्मिक, सास्कृतिक र सामाजिक बिचलनको उपज फेरि मुलुक बिभाज्य हुने त होईन भन्ने प्रश्न यत्र तत्र उठ्न थालेको छ । यस्तो अवस्थामा नय नेपालको एकीकरण कर्ता राजा पृथ्वीनारायण शाहको सम्झनामा रास्ट्रिय एकता दिवस बनाउदै फेरि एकताको संदेश छर्दै सुन्दर नेपालको पहिचान सुरक्षित राख्नु नितान्त आवश्यक छ ।