धादिङ । धादिङ जिल्लामा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमित हुनोन नीलकण्ठ नगरपालिकामा ३, बेनिघाट रोरांग गाउपालिकामा २, गल्छी गाउपालिकामा १ र जिल्ला अस्पतालमा ३ गरि जिल्लामा आज १२ छन् । यो सहित धादिङमा पछिल्लो संक्रमित संख्या १४ पुगेको छ ।
यस्तै २९ एण्टिजेन परिक्षणमा १४ पोजिटिभ आएको समेत जिल्ला स्वास्थ्य कार्याललयले जनाएको छ ।
संक्रमितकोदर बढे सँगै जिल्ला अस्पतालमा थन्क्याईएको आइशोलेशनको वेड फेरी जडान गर्न थालिएको छ । ५० वेडको आईशोलेसन सेन्टरबाट संक्रमित घटे सँगै बेडसिट अस्पतालमा ल्याईएको थियो आज उक्त वेडसिट फेरि आईशोलसन सेन्टर मै लगिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो ।