धादिङ । बागमती प्रदेशमका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे आज धादिङको सिद्धलेक गाउँपालिका स्थित बुङचुङ आउने भएका छन् ।
शनिबार दिउँसो १२ बजे नेकपा एकीकृत समाजवादी सिद्धलेक गाउँपार्टी घोषणा तथा गाउँपार्टी कार्यालयको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डे बुङचुङ आउने भएका हुन् ।
मुख्यमन्त्रीलाई स्वागत स्वरुप राष्ट्रिय तथा स्थानीय कलाकारहरु साँस्कृतिक प्रस्तुती हुने पनि नेकपा एकीकृत समाजवादी पार्टी सिद्धलेकले जनाएको छ ।