
धादिङ । नेकपा एमाले ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा राजेश अधिकारी चयन भएका छन् । कुनै बेला माओवादी धादिङको जिल्ला कमिटी सदस्य रहँदै सक्रिय युवा नेताको रुपमा परिचय बनाउन सफल अधिकारी माओवादी भित्रको अस्वस्थ अन्तरविरोध, विचार र व्यवहार फरक हुँदै गएको भन्दै एमाले प्रवेश गर्न पुगेका थिए ।
उनै अधिकारीलाई एमालेमा प्रवेश दुई वर्ष पछि एमाले ज्वालामुखिले अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । बिहिबार ज्वालामुखी ३ समिभञ्ज्याङमा भएको ज्वालामुखीको प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका स्तरिय कमिटि सर्वसम्मत गठन भएको हो ।
नेकपा एमालेका धादिङ जिल्ला ईन्चार्ज खेम प्रसाद लोहनी प्रमुख आतिथ्यता सह इन्चार्ज जानुका सिम्खडा र सांसद डा. रामकुमार अधिकारीको बिशेष आतिथ्यता रहेको ज्वालामुखीको गाउँअधिवेशनबाट उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ, सचिवमा रुद्रमान श्रेष्ठ, उपसचिवमा ध्रुव अधिकारी र निर्मला सामरी चयन भएका छन् ।