धादिङमा मोडर्ना खोप लगाउने विद्यार्थीको संख्या २८,६२७ पुग्यो

Avatar photo
Dhadingpost
शनिबार, पुस १०, २०७८

धादिङ । धादिङ पुस ४ गते देखि जारी अभियान अन्तरगत शुक्रबारसम्ममा कोरोना विरुद्धको मोडर्ना खोप लगाउनेको १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीको संख्या २८ हजार ६२७ जना पुगेको छ ।

जसमा नीलकण्ठमा ६ हजार ९९३, धुनीबेसी २ हजार २०१, ज्वालामुखी १ हजार ६७०, सिद्धलेक २ हजार २०९, नेत्रावती डवजोङ ७२८, गल्छी १ हजार७४७, गजुरी २ हजार १२२, थाक्रे २ हजार ८२७, बेनीघाट रोराङ २ हजार ९००, गंगाजमुना १ हजार ७७०, त्रिपुरासुन्दरी २ हजार ३०४, रुविभ्याली ७८१ र खनियावास ९७६ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । तस्वीरः सविना पोखरेल