
धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समुहका १२ हजार ९८७ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् ।
अहिले सम्म नीलकण्ठमा ४ हजार १८३, धुनीबेसी ६५९, ज्वालामुखी १ हजार ४०२, सिद्धलेक ८४८, नेत्रावती डवजोङ ६९८, गंगाजमुना १ हजार ७१६, त्रिपुरासुन्दरी १ हजार ८४०, रुविभ्याली ६७३ र खनियावास ९६९ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
देखाईएको तस्वीर धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा मंगलबार कोरोना विरुद्ध विद्यार्थीलाई मोडर्ना खोप लगाईदै गरेको हो । खोप लगाउने स्वस्थ्यकर्मीहरुले मास्क लगाएपनि अधिकाँस विद्यार्थीहरुले मास्क लगाएको देखिँएन भने स्वास्थ्यकमीृहरुले पनि मास्क अनिर्वाय गर्न सकेको देखिदैनथ्यो । अहिले कोरोनाको जोखिम उत्तिकै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालन गर्न स्वास्थ्यमन्त्रालयले आग्रह गरिरहेको छ । यसलाई पूर्ण पालन गर्न विद्यालय प्रशासन झनै जिम्मेवार बन्नु पर्ने देखिएको छ ।