धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरुभएको छ । यो अभियान पहिलो चरणमा ७ वटा स्थानीयहरु नीलकण्ठ, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती डवजोङमा पुस ७ गते सम्म चल्ने छ ।
अभियानको पहिलो दिन पुस ४ गते यी ७ स्थनीय तहमा २ हजार ९३६ जना विद्यार्थीले यो खोप लगाएका थिए भने सोमबा। दोस्रो दिन ७ हजार ४१२ जना विद्यार्थीले लगाएका छन् ।
दोस्रो दिन नीलकण्ठमा २ हजार ४२५, रुविभ्याली ६२९, खनियावास ८०३, गंगाजमुना १ हजार ७५, त्रिपुरासुन्दरी ९४०, ज्वालामुखी ६०७ र नेत्रावती डवजोङमा ४९९ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।
श्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म धुनिवेशी, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गरी ५ स्थानिय तहमा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । तस्वीरः रविना दंगाल