
धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समूहका २ हजार ९३६ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् ।
पहिलो चरण अन्तरगत पुस ४ देखी ८ गते सम्म नीलकण्ठ, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती डवजोङ गरी ७ स्थानिय तहमा मोर्डनाको पहिलो मात्रा १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलाई लगाउने कार्यक्रम अनुसार आईतबार पहिलो दिन २ हजार ९३६ जना विद्यार्थीलाई लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आईतबार एकै दिन नीलकण्ठमा ८१५, रुविभ्याली ५००, खनियावास २०४, गंगाजमुना ३४९, त्रिपुरासुन्दरी ४०३, ज्वालामुखी २३७ र नेत्रावती डवजोङमा ४२८ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।
दोश्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म धुनिवेशी, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गरी ५ स्थानिय तहमा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
