गजुरी बाल बिकास र शिक्षामा लगानी बृद्धि गर्दै

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २९, २०७८

धादिङ । बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताएका छन् । गजुरी गाउँपालिकाले शिक्षाको जग बाल विकास लगानी बृद्धि गरी न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले बालमैत्री बाल विकास कक्षा र विद्यालय मार्फत शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताएका छन् ।

अध्यक्ष बस्नेतले गजुरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताए । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालय व्यवस्थापनसँग समन्वय र सहकार्यमा प्रारम्भिक बाल विकास कार्यक्रम संचालन गर्दै आएको छ ।

बाल विकास सहजकर्ताहरुको ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन शनिबारबाट शुरु भएको ४ दिने पुताजगि कार्यशाला मंगलबार सम्पन्न भएको हो । गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व,बालबालिकाहरुले सिक्ने सिकाउने बाताबरण सिर्जना गर्ने ,बालबालिकाहरुको बिद्यालयसम्म पहुँच बढाउन अभिभावक, शिक्षक, सम्बन्धित सरोकारवालाहरुको जिम्मेवारी लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिए ।

बाल विकास उमेर समूह शिक्षाको जग भएकोले यस उमेर समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक दामोदर अर्यालले बताईन् ।

कार्यशालामा बाल विकास के हो रु किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार कक्षाकालाई किन छ कुनामा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ, बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका रिता थापा र बागलुङका पम्फा खड्काले सहजिकरण गरेका थिए ।

मंगलबार सम्पन्न भएको कार्यशालामा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, शिक्षा अधिकृत भिमसेन विष्ट, समितिका सदस्य बसन्त डुवाडी, प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टका सल्लाहकार बुद्धि कुमार श्रेष्ठ, प्रयास नेपाल धादिङका उपाध्यक्ष बिपिना मगर र दामोदर अर्याल लगायत बाल बिकास कार्यक्रम, बालमैत्री शिक्षण विधि र बालबालिका लगानी बृद्धिका विविध पक्षका बारेमा सहजिकण गरेका थिए ।