नीलकण्ठको रिजाल डाँडामा रक्तदान कार्यक्रम हुने

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २१, २०७८

धादिङ मंसिर २१ । धादिङको नीलकण्ठ नगरपालिका १२ स्थित रिजाल डाँडामा मंसिर २५ गते रक्तदान कार्यक्रम हुने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल यसवा उद्यमशीलता अभियनाले रिजाल डाँडामा गर्न लागेको उक्त कार्यक्रममा रक्तदान गर्न सहभागिताको लागि आग्रह गरिएको छ ।

संस्थाका अध्यक्ष पुरुषोत्तम घिमिरेका अनुसार जिल्ला रेडक्रस सोसाईटी धादिङको प्राविधिक सहयोगमा उक्त रत्तलदान कार्यक्रम रिजाल डाँडामा हुने भएको हो ।