
धादिङ मंसिर ३ । गजुरीको गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग अन्तरगत आज तेस्रो दिन ४ खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेल धुनीबेसी युवा क्लव धार्के र गलौंदी युवा समाज गजुरी बीच भएको थियो । यस खेलमा धुनीबेसीले गलौंदीलाई ० का विरुद्ध ५ गोल गरेको छ । धुनीबेसीका लागि बिबेक घलान १, सुजल लामा (स्याउरी) २, साइराम गिरी १ र सुरेन्द्र डंगोल ले १ गोल गरेका थिए ।
आजको दोस्रो खेल ईन्द्राणी युवा क्लव आदमघाट र न्यू स्टार युवा समाज थाक्रे बीच भएको थियो यस खेलमा ईन्द्राणीको १ गोलको बिरुद्ध न्यू स्टारले ३ गोल गरेको थियो ।
आजको तेस्रो खेल व्वाईज यूनाईटेड धादिङबेसी र गजुरी सामुदायीक समाज गजुरीले गोल रहित बराबरी खेले । चौथो खेल पञ्चकन्या युवा क्लव एक्लेफाँट, थाक्रे र भद्रकाली सामुदायीक समाज मलेखु बीच भएको थियो जसमापञ्चकन्याको १ गोलका विरुद्ध भद्रकालीले ३ गोल गरेको थियो ।
भोली अर्थात मंसिर ४ गते बिहान पहिलो खेल धादिङ समाज धादिङ र गलौदी युवा समाज गजुरी, दोस्रो खेल अरुणदय युवा क्लव, आदमटार सिद्धलेक र ईन्द्राणी युवा क्लव आदमघाट, तेस्रो खेल गजुरी सामुदायीक विकास समाज र भद्रकाली सामुदायीक विकास समाज, चौथो खेल व्वाईज युनाईटेड धादिङबेसी र विद्यार्थी उपकार समाज धुवाँकोट बीच हुने छ ।
