
धादिङ मंसिर ३ । नेपाली कांग्रेस धादिङको मंसिर ६ गते संघ र प्रदेशको क्षेत्रीय अधिवेशन हुँदैछ । यस अधिवेशनमा कांग्रेस वृतमा उदाउँदा युवा नेताको रुपमा परिचित दिपक कोईरालाले संघिय निर्वाचन क्षेत्र नम्बर २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
२०५२ सालबाट नेपाली कांग्रेसको राजनितिमा होमिएका दिपक धादिङका एक प्रखरवक्ता र नेतृत्व गर्न सक्ने क्षेमताका व्यक्ति हुन् । देउवा पक्ष र पौडेल पक्षमा विभक्त काँग्रेसको यस अधिवेशनमा कोईराला जस्ता उम्मेदवार पाखा लाग्छन् या नेतृत्वमा आउँछन् त्यो प्रतिक्षाको घढीमा छ ।
यस्तो छ उनको व्यक्तिगत प्रोफाईल
२०५२ मा नेपाल विद्यार्थी संघ नीलकण्ठ माध्यामिक विद्यालयको इकाई संयाेजक,
नेपाल विद्यार्थी संघ धादिङकाे अध्यक्ष निर्वाचित २०६३ नेपाली कांग्रेस र प्रजातान्त्रीक कांग्रेस मिल्दाकाे नेपाल विद्यार्थी संघ धादिङकाे अध्यक्ष २०७० सम्म ।
२०७४ देखि नीलकण्ठ नगर कार्यपालिकाकाे सल्लाहकार
२०७६ देखि नेपाली कांग्रेस केन्द्रीय समिति स्थानीय समन्वय विभागकाे सदस्य
बेलायतकाे CPD certified life coach माेटिभेशनल स्पीकर, नेतृत्व विकास प्रशिक्षक
सामान्य प्रशासन मन्त्रालयकाे सूचिकृत स्थानीय शासन बिज्ञ
आमसंचार तथा पत्रकारितामा स्नातकाेत्तर
मिडिया विज्ञ
लाइन्स क्लब धादिङको पूर्व अध्यक्ष एवं क्याबिनेट अफिसर
विश्वव्यापी संजाल भै सिंगापुरमा मुख्य कार्यालय रहेकाे पिपल सेन्ट्रीक इन्टरनेट सञ्जालकाे सदस्य
इन्टरनेट साेसाइटी नेपालकाे पूर्व कार्यकारी सदस्य