
धादिङ कात्तिक २६ । धादिङको धुनीबेसी नगरपालिकामा दोस्रो धुनीबेसी मेयर कप कराते प्रतियोगिता हुनेभएको छ । उक्त प्रतियोगिता मंसिर ११ गते शनिबार नगरपालिकाको वडा नम्बर-१ स्थित भन्ज्याङ पोखरीमा हुने बताईएको छ ।
धुनीबेसी डोजोको आयोजनामा हुने यस प्रतियोगिताको मुख्य सहयोगीको रुपमा धुनीबेसी नगरपालिका रहेको छ भने राष्ट्रिय खेलकुद परिषद नेपाल, नेपाल कराते डो महासँघ, विश्व कराते महासँघ, एसियन कराते महासँघ लगायतले पनि प्रतियोगितालाई विभिन्न किसिमबाट सहयोग गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो सँस्करण गत वर्षको चैत्र १४ गते सम्पन्न भएको थियो ।