धुनीबेसी फुटबल प्रतियोगिता नौविसे ‘सी’ ले जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २९, २०७८

धादिङ असोज २९ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ धुनिवेशि नगर कमिटीले आयोजना गरेको धुनीबेसी नगरपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि नौविसे ‘सी’ ले जितेको छ । असोज २३ गते देखि सुरुभएको उक्त प्रतियोगिताको फाईनलमा धुनिबेसी युथ सोसाइटीलाई हराउँदै नौविसे ‘सी’ ले नगद ५० हजार पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र जितेको हो ।

१६ टिम सहभागि उक्त प्रतियोगितामा उपविजेता धुनिबेसी युथ सोसाइटीले ३० हजार नगद सहित शिल्ड मेडल प्रमाण पत्र हात पारेको आयोजक समितिका सरोज आचार्यले बताए । प्रतियोगितामा रवि भण्डारी उत्कृष्ट खेलाडी घोषित बने । उनी धादिङ समाज धादिङबाट खेल्ने खेलाडी भए पनि यस प्रतियोगितामा नौविसे ‘सी’ बाट खेलेका थिए ।