
धादिङ असाेज १९ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाअधिवेशन यहि असोज २४ गते हुँदैछ ।नेपाल सहित विश्वभर छरिएर रहेका धादिङवासीहरुकाे साझा संस्था यश समाजकाे महादिबेशनमा उम्मेद्वार बन्न असोज १ गते बसेको केन्द्रिय समितिले शुल्क निर्धारण गरेकाे छ ।
उम्मेदवारी दिन बन्न कुन पदमा कति रकम चाहिन्छ ?
अध्यक्ष पदको लागि नगद ५० हजार,
बरिष्ठ उपाध्यक्षको लागि नगद ३० हजार
उपाध्यक्षको लागि नगद २० हजार
महासचिवको लागि २० हजार
सचिवको लागि १५ हजार
कोषाध्यक्षको लागि १५ हजार
सह कोषाध्यक्षको लागि १० हजार
सदस्यको लागि नगद ५ हजार
बैठकले एनसीसी सकृय रहेका देशहरुमा २ जना महिला अनिर्वाय हुने गरि सदस्य संख्याको आधारमा १० देखि बढीमा १५ जना र अन्य देशबाट १ महिला अनिवार्य हुने गरि ५ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरिएको छ ।
महाधिवेशन सम्पन्न गर्नको लागि विभिन्न समितिहरु पनि निर्माण गरेकाे छ । संस्थाका सल्लाहाकार तथा (एनआरएनए) आईसीसी सह–कोषाध्यक्ष लोक प्रसाद दाहालको संयोजकत्व्मा निर्वाचन समिति गठन भएकाे छ ।
जस्काे सह–संयोजकमा भुवन गुरुङ (नेपाल), सदस्य सचिवमा पुन्य रेग्मी(बेलायत) सदस्यहरुमा प्रकाश धमला (साउथ कोरिया)र राज कुमार अधिकारी(जापान) रहेका छन् । मुख्य सल्लाहकारहरुमा किरण अधिकारी (अस्टेलिया) र एनआरएनए आईसीसी यूरोपका सह–संयोजक कृष्ण तिमल्सेना रहेका छन् ।
साथै कार्यसमितिले (एनआरएनए) आईसीसी सदस्य रामशरण सिम्खडाको संयोजकत्वमा बिधान संसोधन समिति गठन गरेकाे छ । याे समितिको सदस्य सचिवमा डा. प्रताप छत्कुली (नेपाल) र सदस्यमा बाल कृष्ण श्रेष्ठ (फिनल्याण्ड) छन् भने सल्लाहकारमा दिवाकर पाण्डे (अमेरिका) छन् ।