
निर्वाचन भने चिज यस्तो चीज हो
जसले जनताको मत बुझिदिने मनको इच्छा हो ।
मनले चाहे गर्न नसकिने के नई छर
निर्वाचन जस्तो प्रणाली लाई हेलचेक्राइँ नगर ।
१८ बर्ष उमेर पुगेका सबैजना भोट हाल्ने गारौ ।
सबैजना मिलेर नै समृद्ध नेपाल बनाऊ ।
लेकैमा हेर्दा क्या राम्रो लालीगुराँस
हिमालतिर हेर्दा चादिझै हिउँ झल्किरहेछ ।
यस्तो देशमा निर्वाचन प्रणालि राम्रो हुनुपर्छ ।
निर्वाचनमा राम्रो मान्छे चुने बन्छ है, देश
वर्तमानलाई होइन भविष्यलाई हेर
फुलै फुलको बगैंचा जस्तो मेरो देशमा
अझै राम्रो बनाउनु छ, त्यसैले त उच्चतम बिन्दुमा राम्रो व्यक्ति पुर्याउनु छ ।
त्यस्तो व्यक्तिलाई रोजौ ।
जसले जनताको घाउमा मलम लगाउन सक्ने हुनुपर्छ ।
मुखले त सबैले भन्छ्नी
व्यवहारमा हेर्नु पर्छ ।
देशको विकास गर्ने मान्छे निर्वाचनमा चुनुपर्छ ।
निर्वाचनमा निस्पक्ष स्वच्छ तरिकाको हुनुपर्छ ।
अठार वर्ष पुगेपछि योग्य व्यक्ति छानुपर्छ ।
निर्वाचन नीति नियम सबैले मानुपर्छ ।
निर्वाचन प्रणालि हो, जनताको भाव बुझ्ने
असल नेता छान्यो ,भनी देश विकाशमा पुग्ने
सोझा सीधा जनतालाई निर्वाचनमा नठगुन
जाली नेताको झुठो आशामा जनता पनि नबगुन
गणतन्त्र आयो प्रजातन्त्र आयो,
देशमा स्वतन्त्रता लेराउनु छ
शतामा पुग्नलाई जे पनि भन्छनी
तर त्यही व्यक्तिलाई पुर्याउनु छ ।
जुन जनताको भावनालाई बुझ्ने हुनुपर्छ ।
समाजमा चेतना फलाउनु छ,
देशमा विकासको अगाडि बढाउनु छ,
आज नगरे कहिले गर्ने ,अहिले नगरे, कहिले गर्ने,
त्यसैले त आजबाट निर्वाचनको बारेमा खुलाउनु छ ।
सुन्दरताले भरिएको मेरो देश
बहुजाति, बहुभाषा, धर्म, सस्कृति जोगाउनु छ,त्यसैले त निर्वाचनमा
राम्रो व्यक्ति पुर्याउनु छ ।
_सन्तोषी दर्लामी मगर