
धादिङ असोज ९ । नेपाली कांग्रेस धादिङले आज १३ वटै स्थानीय तहमा अधिवेशन सुरुगरेको छ । कतिपय स्थानीय तहमा दुई समुह बीच प्यानलनै बनाएर प्रचार प्रसार सुरु भएको छ भने कति पयमा सहमतिको प्रयास भन्दै निर्वाचन प्रक्रियमा गई सकेको
छैन ।
त्रिपुरासुन्दरीमा सहमतिमै राजु उप्रेती सभापतिमा निर्विरोध भएका छन् भने ज्वालामुखी गाउँपालिकामा पनि सहमतिमै रेशमलाल काप्री सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेसले बताएको छ । नीलकण्ठ नगरपालिकामा भने चुनाव हुने निश्चित प्राय देखिएको छ । सभापतिका आकाँक्षी द्वय शम्भुराज सिंह ठकुरी र ध्रुर्वप्रसाद रिजालले आ आफ्नो प्यानल बनाएर प्रतीनिधिहरु सँग भोट माग्न थालेका छन् ।
जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।
यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना रहेका छन् ।
