लगनशिलले कार्तिक १ देखि ज्वालामुखीमा १ लाख राशीको फुटबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७८

धादिङ असोज ८ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित धारापानीमा लगनशिल युवा क्लवले दशैंको पावन अवसरमा कार्तिक १ गते देखि ९ ए साईड पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता सहभागिता जनाई फुटबलको क्रेज र युवा पुस्ताको आकर्षणमा परेको लगनशिलले कार्तिक १ गते देखि ५ गते सम्म धारापानी खेल मैदानमा खुल्ला पुरुष ९ ए साईड फुटबल प्रतियोगिता गर्ने भएको हो ।

प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ५० हजार र विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान गरिने र प्रतियोगितामा सहभागि हुन इच्छुकले असोज ३१ गते १ बजे सम्म टिम दर्ता गर्न सक्ने आयोजक लगनशिलले जनाएको छ ।