धादिङको चक्रदेवी र ललितपुरको ढोलाहिटी बीचको खेल आज

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३, २०७८

धादिङ असोज ३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल धादिङ र ढोलाहिटी युथ क्लब ललितपुर बीच हुने भएको छ ।

‘सी’ डिभिजन लिग छनौटमा धादिङबाट ३ वटा क्लवहरुले भाग लिएका मध्य २ टिमहरु प्रतियोगिताबाट बाहिरि सकेका छन् भने चक्रदेवी सामुदायिक समाज नेपाल  (CCS-TYT) नलाङले आज पहिलो खेल ढोलाहिटी ललितपुर सँग दिउसो १२ः३० बजे खेल्ने भएको हो ।

प्रतियोगिताको लागि खेलाडी काठमाडौ प्रस्थान गर्नु पूर्व सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले जितका लागि शुभकामना दिँदै विदाई गरेका छन् । गजुरी गलौदी खेल मैदानमा नै पुगेर पालिका प्रमुख सिलवालले बिहिबार बिहान खेलाडीलाई विदाई गरेका हुन् । समूह क्यू मा रहेका ३ टिमको लिग खेलमा धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल  (CCS-TYT) नलाङले पहिलो खेल ढोलाहिटी युथ क्लब ललितपुर सँग र असोज ३ गते संयुक्त नमुना युथ क्लब बानेश्वर काठमाडौं सँग असोज ५ गते खेल्ने छ ।

भदौ १० गतेबाट सातदोवाटो एन्फा खेल मैदानमा जारी यस प्रतियोगितामा ७८ वटा क्लबले भाग लिएका छन् । जसमा धादिङका लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी प्रतियोगिताबाट बाहिरि सकेका छन् भने चक्रदेवी सामुदायिक समाज नेपाल नलाङले पहिलो खेल असोज ३ गते खेल्ने भएको हो ।

खेल तालिकामा प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् । हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

चक्रदेवी सामुदायिक समाज नेपाल (CCS-TYT) नलाङका खेलाडी तथा प्रशिक्षकहरु
खेलाडीहरु:
१. अन्जन सिलवाल, २. राजेन्द्र रिमाल, ३. विषम अधिकारी, ४. प्रदिप बडाइ, ५. तारा आले, ६. अशोक बुढा, ७. प्रमोद सिलवाल, ८. राजेश शाही, ९. बिबेक, १०. बिप्लव सापकोटा, ११. बिशाल शाह, १२. विशाल सलामी मगर, १३. मिलन गुरुङ, १४. बिरेन्द्र तामाङ, १५. सर्जु गुरुङ, १६. नोबेल बिस्ट, १७. निर्जल शाही, १८. श्रीराम तामाङ, १९. सुदिप श्रेष्ठ, २०. रबिन सिलवाल
कोच: दिपक राना
ब्यबस्थापक: बरुण सिलवाल
खेल अधिकृत: राजु सिलवाल, रोशन सिलवाल, शैलेन्द्र सिलवाल
खेलकुद सम्पर्क अधिकृत: साजन सिलवाल