धादिङ असोज २ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्ड डा. त्रिभुवन चन्द्र झा सरकारी चिकित्सक संघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् ।
सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले एक सूचना जारी गर्दै डा. त्रिभुवन चन्द्र झाको नेतृत्वमा बागमती प्रदेश शाखा गठन भएको जनाएको हो ।
बागमती प्रदेश शाखाको अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्षमा डा. राम प्रसाद सापकोटा, सचिवमा डा. उमेश प्रधान, कोषध्यक्षमा डा. करुणा बज्राचार्य रहेका छन् । त्यसैगरी, सदस्यमा डा. अनिल खरेल, डा. रोसन ग्वाछा, डा. किसन नेपाली छन् । त्यस्तै सल्लाहकारमा डा. दिपेन्द्र पाण्डे, डा. सुमित्रा गौतम र डा. विश्ववन्धु वगाले छन् ।