धादिङमा कांग्रेसका कान्छो उमेरका वडा सभापति मान घले

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७८

धादिङ भदौ २९ । धादिङ जिल्लामा कांग्रेसको वडा अधिबेसन सकिएको छ । कांग्रेस धादिङले १०४ वटा वडामा अधिवेसनबाट सभापति चयन गरे सँगै रुबीभ्याली गाउँपालिका १ का वडा सभापति मान घले कांग्रेस धादिङको कान्छो उमेरका सभापति बनेका छन् ।

१३ वर्षको उमेरमा कांग्रेसकोे क्रियाशिल सदस्य लिएका उनी अहिले भर्खर २३ वर्षमा प्रवेस गरेका छन् । उनै मान घले अहिले धादिङका निर्वाचित वडा अध्यक्षहरु मध्य सबै भन्दा कान्छो उमेरमा सभापति हुन् ।

रुबीभ्याली १ दोङ्देन माविबाट एसएलसी पास गरेका मान घलले स्कुल पढ्दा नै पार्टी सदस्यता लिई सकेका थिए भने उनी नेपालटार क्याम्पसमा अध्ययनरत रहँदा नेवि संघको इकाई अध्यक्ष हुँदै राजनीमा होमिएका हुन् ।