
धादिङ भदौ २४ । नेपाली कांग्रेस धादिङले भदौ २१ गते जिल्लाका १०४ वटै वडाहरुमा वडा अधिवेशन सक्ने बताए पनि १०२ वटा वडामा निर्विरोध र ४५ जना क्रियाशिल सदस्य रहेको बेनीघाट रोराङ ८ मा निर्वाचन मार्फत कार्यसमित र प्रतिनीधि चयन गर्दै सकिएको छ भने ज्वालामुखी ४ मा सहमति जुट्न नसकेपछि चुवानको गर्ने तयारी भएको छ ।
जिल्लाको सबै भन्दा बढी क्रियाशिल सदस्य रहेको धादिङबेसी सदरमुकाम क्षेत्र नीलकण्ठ ३ मा देखिएको विवादलाई भिम ढुङ्गाना र रामनाथ अधिकारी दुबै समुह बसेर सहमतिमा बुधबार साँझ कार्यसमित र प्रतिनीधि बाँडफाड गरेका छन् । नीलकण्ठ ३ मा भिम ढुङगाना समुहले सभापति सहित ४३ जना प्रतिनीधि र रामनाथ अधिकारी समुहले ३४ जना प्रतिनीधि लिने गरि सहमति गरेका थिए । ढङ्गाना समुहबाट नीलकण्ठ ३ को सभापति होमनाथ रिजाल चयन भएका छन् ।
ज्वालामुखी ४ मा वडा सभापतिमा श्रीराम शाह सहित सबै कार्यसमिति निर्विरोध निर्वाचित भएपनि प्रतिनीधिहरु छनोटमा सहमति नभएपछि शनिबार निर्वाचन हुने बताईएको छ । धादिङमा नीलकण्ठ ३ पछि सबैभन्दा धेरै क्रियाशिल सदस्य रहेको यस वडामा ६५४ जना क्रियाशिल सदस्य छन् । यस वडाबाट ६७ जना प्रतिनीधिहरु छनोट हुनेछन् ।
ज्वालामुखीको सातै वाडको सभापति आफ्नो समुहले जितेको ढुङ्गाना समुहले दावी गरे पनि वडा नम्बर ४का श्रीराम शाह अहिले समुहमा खुलि सकेका छैनन् । यस अघि रामनाथ समुहमा देखिएका शाहलाई यस वडा अधिवेशनमा रामनाथ अधिकारीले सभापतिमा प्रस्ताव नगरे पछि ढुङ्गाना समुहको समर्थन पाएपछि उनलाई रामनाथ समुहले समर्थन गर्न वाध्य भएकोले थियो ।
मध्य र उत्तरमा रहेका ५१ वटा वडा मध्य ४३ वटा वडाहरुमा सभापति सहित बहुमत प्रतिनीधि र दक्षिण क्षेत्र आपासमा ५८ प्रतिशद वडामा सभापति सहित बहुमत प्रतिनीधि आफ्नो पक्षमा आएको भिम ढुङ्गाना समुहले दावी गरेको छ भने रामनाथ अधिकारी समुहले मध्य र उत्तरमा वडा सभापतिको संख्या ढुङ्गाना तर्फ देखिए धेरै पनि बहुमत प्रतिनीधि आफ्नो पक्षमा रहेको बताएको छ । अधिकारी समुहले दक्षिण क्षेत्र आपसासका ५३ वटा वडाहरुमा आफ्नो समुहले बहुमत सभापति सहित प्रतिनीधि जितेको दावी गरेको छ ।
धादिङमा कांग्रेसको १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्यहरु छन् । १०४ वटै वडा अधिवेशन सम्पन्न भएपछि धादिङमा २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् ।
कांग्रेस धादिङबाट ५० जना संघीय महाधिवेशन प्रतिनीधिहरु छनौट हुनेछन् । प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि जानेछन् । संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ छ । यो अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन हुनेछ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश अधिवेशनका लागि धादिङ जिल्लाको ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट तपसिल बमोजिमको प्रदेश अधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।
