धादिङका इन्द्र ब. थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

Avatar photo
नारायण सिलवाल
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । धादिङका सहिदहरु मध्य इन्द्र ब।थपलिया, बिन्दा सुवेदी र कमल ढकाललाई आजैका दिन अर्थात भाद्र १५ गते तात्कालिन शाही सेनाले निर्ममता पूर्वक हत्या गरको दिन । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया, विन्दा सुवेदी भुमेस्थान र भुमेस्थान कै कमल ढकाललाई माओवादीको आरोपमा आजैका दिन तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।

तात्कालिन शाही सेनाले ४८ वर्षिय थपलियालाई पार्टी कामको सिलसिलामा जाँदै गर्दा सेनाले भुमेस्थान खोस्टे खोला बिमिरेमा, १७ वर्षिय विन्दा सुवेदीलाई घरबाटै गिरफ्तार गरि घरमाथि जंगलमा र कमल ढकाललाई पनि सोही स्थनामा लगि हत्या गरेको थियो ।
सहिद विन्दा सुवेदीको घरमा नजिकै तात्कालिन माओवादीको कार्यक्रम हुँदैछ भन्ने सुराकी पाएको तात्कालिन सेना उक्त स्थान तर्फ जाँदै गर्दा थपलिया सेनाको कब्जामा पर्नु भएको थियो भने, सेना घर मै आई सकेको देखेपछि नाबालिका बिन्दा सुवेदीले माओवादी यहाँ आएका छैनन् ।

थाकेर आउनु भएको होला, चिसो पानी खाएर जानु होला, तपाईहरुलाई कति गाह्रो छ हगि भनेर सेनालाई अल्मल्याएको र त्यहि मौकामा दर्जन भन्दा बढी माओवादी कार्यकर्ताहरु भाग्न भ्याएको नेकपा नेता दिपक लामिछानेले धादिङपोष्टलाई बताउनु भयो ।

सुवेदीले सेनालाई अल्मल्याएको थाहा पाएपछि हामीलाई तैले माओवादी भगाउन पो अल्मल्याएकी रहिछे भन्दै, घरबाट घिसारेर माथि जंगलमा लगेर हत्या गरेका थिए । सुवेदीले आफु मरेर दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई बचाएको समेत नेता लामिछानेले बताउनु भयो ।

यहि ३ जना सहिदको स्मरणमा माओवादी केन्द्र बेनीघाट रोराङ गाउँपालिकाले इन्द्रबहादुर थपलियाको गाउँ साविक धुषा गा।वि।स। वडा नम्बर २ चाँपटारमा स्मृति दिवस मनाउन लागेको छ ।