
धादिङ भाद्र १३ । धादिङ जिल्लाबाट अमेरिकामा गई बसोबास गर्दै आई रहेकाहरुको साझा समाजसेवी संस्थाधादिङ नेपाली समाज अमेरिकाले आज वनभोज कार्यक्रम कोरोना पार्क क्वीन्स न्यूयोर्ककमा बृहत बनभोजको कार्यक्रम गर्दैछ ।
धादिङवासी दाजुभाईहरुको भेटघाट अन्तरक्रिया र पारिवारीक रमाईलो सँगै एनआरएनए अमेरिकाको अधिवेशनमा निर्वाचित हुनेहरुलाई बधाई ज्ञापन गरिने महासचिव विकास कडेलले धादिङपोष्टलाई बताए ।
अमेरिका रहेका सिंगो धादिंगेहरूलाई एउटै छातामुनि गोलवन्द गर्दै अमेरिका जन्मेका वा हुर्कदै गरेका वच्चाहरूलाई जिल्लाको पहिचानमा चिर परिचित गर्दै ठू-ठूला महत्वाकांक्षी लक्ष भन्दा स-साना रचानात्मक तथा प्रभावकारी कामहरू गर्ने उद्देश्य अनुसार यस समाजले यो तेस्रो पटक पारिवारिक भेटघाट एवं पिकनिक कार्यक्रममा आयोजना गरेको महासचिव कडेलले बताए ।