
धादिङ भाद्र १० । सुकेनासको उपचार गर्न भन्दै अमेरिकन नागरिकले सुर्य तामाङलाई अमेरिका लगे सँगै सुर्य घर नफर्केको ३५ वर्ष भएको बताईएको छ ।
विगत ३५ वर्ष अगाडी काठमाडौं स्थित कालिमाटीमा एक अमेरिकन एक दम्पतीले हस्पिटल खोलेको र ३ वर्षिय सुर्य तामाङलाई उक्त हस्पितल मार्फत सुकेनासको औषधी गर्न भन्दै ति अमेरिकन दम्पत्तीले अमेरिका लगेको अहिले ३५ वर्ष पुगेको बताईएको छ ।
पछि उक्त अमेरिकन दम्पती नेपाली फर्किए पछि सुर्य ३-३ वर्षमा नेपाल आउने परिवार सँग सहमति गरेका थिए । तर अहिले सम्म नेपाल नर्फकिएका सुर्यको खोज विन भइरहेको सुरक्षित आप्रवासन सामी परियोजना नीलकण्ठ नगरपािलका प्रमुख दिनेश दुवाडीले बताएका छन् ।
दुवाडीले आफ्नो समाजिक संजालमा स्टाटस लेख्दै अमेरिकामा रहेका नेपालीहरुलाई सुर्य खोजौं अभियानलाई सहयोग गर्न समेत आव्हान गरेका छन् ।
अमेरिकन दम्पतीले सुर्यको परिवारलाई लेखेर दिएको पत्र यस्तो छ ।
