
धादिङ भाद्र ६ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा २६ जना कोरोना संक्रमितहरु थपिएका छन् भने २१ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् ।
आज थपिएका संक्रमितहरुमा धुनीबेसीमा १, गजुरीमा २, सिद्धलेकमा २, त्रिपुरासुन्दरीमा ३ र धादिङ हस्पिटलमा १५ गरि जिल्लामा २३ पोजिटिभ केश देखिएको छ । डिस्चार्ज हुनेको संख्या २१ रहेको छ ।
जिल्लाको सक्रिय केश १९८ पुगेको छ । हस्पिटल आइसोलेसनमा ७ र होम आइसोलेसनमा १९१ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन। ४३ एनटीजेन परिक्षण मध्ये ७ पोजिटिभ आएको छ ।
यसैगरी आज देशभरमा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ भने ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।