
धादिङ भाद्र ३ । धादिङ जिल्लामा आज ज्वालामुखी गाउँपालिकामा ४ जना सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज पुष्टि भएका संक्रमितहरुमा नीलकण्ठमा २, गजुरीमा २, ज्वालामुखीमा ४ र गंगाजमुनामा १ गरि ९ छन् भने आजै डिस्चार्ज हुनेको संख्या २५ रहेको छ । जिल्लाको सक्रिय केश २६३ पुगेको छ । हस्पिटल आईशालेसनमा ८ र होम आईशालेसनमा २५५ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । २९ एन्टीजेन परिक्षण मध्ये ७ पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।