
धादिङ भाद्र १ । धादिङमा पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिएका छन्, यो सँगै धादिङमा हाल कोरोना संक्रमितको सक्रिय केस २८९ जनामा छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा ३, थाक्रेमा १, गल्छीमा १, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३, ज्वालामुखीमा ७ र धादिङ हस्पिटल ४ गरी २१ जना छन् ।
हाल हस्पिटल आईशोलेसनमा १० र होम आईशोलेसनमा २७९ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । १५९ एनटीजेन परिक्षण मध्ये २१ पोजिटिभ आएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार कूल १७ हजार ६८९ जनाको नमूना परीक्षण गर्दा तीन हजार २७४४ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट दुई हजार ४५६ र एन्टिजेन विधिबाट ८१८ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल ११ हजार ५६५ पीसीआर र छ हजार १२४ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।