धादिङमा आज ३२ जना संक्रमित, ४८ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७८

धादिङ साउन ३२ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ४८ जना कोरोना संक्रमणकाट मुक्त भई आईशोलेशनबाट डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज नीलकण्ठमा १६, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा ३ र गंगाजमुनामा ३ गरी ३० जनामा कोरोना पोजिटिभ देखिएको छ ।

जिल्लाको सक्रिय केस २९८ पुगेको छ । जिल्लामा हस्पिटल आईशोलेशनमा ११ र होम आईशोलेशनमा २८७ रहेका छन् । गजुरीमा आज १३ स्वाब संकलन भएको छ । ६५ एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मुलुकभरमा ३ हजार ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । १५ हजार ६११ नमुना परीक्षण गर्दा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

१० हजार ९३ जनाको आरटी पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट दुई हजार ५६६ र एन्टिजेनबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ ।