
धादिङ साउन ३१ । धादिङ जिल्लामा आज र भोली (साउन ३१ र ३२ गते) १८ हजार ९०५ जनालाई ‘कोभिडशिल्ड’ दोस्रो डोज लगाईदै छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जनाकारी अनुसार धादिङमा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज २२ हजार १३८ जनाले लाएका थिए जसमा दास्रो डोज ३ हजार ११३ जनाले मात्रै लगाई सकिएको र बाँकी १८ हजार ९०५ जनालाई आज र भोली एस्ट्राजेनेका लगाईने छ ।
धादिङ जिल्लामा अहिले सम्म तीन किसिमका कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७३ हजार ४८० जनाले लगाएका छन् नस मध्य ‘भेरोसेल’ को दास्रो डोज दिई सकिएको छ भने ‘कोभिडशिल्ड’ दोस्रो डोज एस्ट्राजेनेका आज र भोली दिईने छ धादिङ ‘जोनसन एन्ड जोनसन’ यो खोप १६ हजार ८६० जनाले लगाएका छन् ।