धादिङमा आज ५५ जना कोरोना मुक्त, १४ संक्रमित थप

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ साउन २९ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ५५ जना कोरोना संक्रमितहरु कोरोना भाईरस मुक्त भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा १४ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थप हुने १४ जना संक्रमितमा ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा २, थाक्रेमा १ र धादिङ हस्पिटलमा ४ रहेका छन् ।

धादिङको सक्रिय केश ३२८ पुगेको छ । जिल्ला हस्पिटल आईशोलेसनमा १२ र होम आईशोलेसनमा ३१६ रहेका छन् । सिद्धलेकमा आज १२ स्वाब संकलन भएको छ । ११७ एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ ।

मुलुकभर पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १८ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।