धादिङमा हाल कोरोना संक्रमितकको संख्या ३६९ जना

Avatar photo
Dhadingpost
बिहिबार, साउन २८, २०७८

धादिङ साउन २८ । धादिङमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।

स्वास्थ्य कार्यालयको सूची अनुसार पछिल्लो २४ घण्टाको अवधि सम्म आईपुग्दा धादिङमा कोरोना संक्रमितको संख्या ३६९ जना छन् । जसमा आज २३ जना संक्रमित थपिएका हुन् ।

यस्तै आजै धादिङमा ५९ जनालाई कोरोना निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् । हाल हस्पिटल आइसोलेशनमा ११ र होम आइसोलेशनमा ३५८ रहेका छन् ।

गाउँ गाउँमा कोरोनाको लक्ष्यण देखिएका विरामीहरु बढ्दो क्रममा रहेको तर पीसीआर परिक्षणमा कमी आए सँगै कोरोना पोजेटिको संख्या घटेको हुन सक्ने बताईन्छ । गजुरी गाउँपालिकामा १३ स्वाब संकलन भएको छ । १३४ एन्टिजिन परीक्षण मध्ये २३ पोजिटिभ आएको छ ।