
धादिङ साउन २७ । धादिङमा आज २१ जना कोरोना संक्रमितहरु थपिएका छन् भने आजै २८ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानारी अनुसार आज थपिएका संक्रमितहरुमा गजुरीमा ६, गंगाजामुनामा ४, त्रिपुरासुन्दरीमा ६ र ज्वालामुखीमा ५ गरि २१ छन् ।
धादिङको पछिल्लो सक्रिय केस ४०५ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइशोलेसनमा १० र होम आइशोलेसनमा ३९५ रहेका छन् ।
गजुरीमा ३ स्वाब संकलन भएको छ । ६५ एनटीजेन परिक्षण मध्ये १७ पोजिटिभ आएको छ ।