छुट्नु होला ? धादिङमा आज र भोली ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै छ

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७८

धादिङ साउन २७ । धादिङका सबै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रबाट आज र भोली पहिलो डोज लगाएका र दास्रो डोज लगाउन बाँकी धादिङका २१ हजार ८७२ जनालाई दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ ।

धादिङमा चिनियाँ ‘भेरोसेल’ खोपको पहिलो डोज २६ हजार ५५६ जनाले लगाएका थिए जसमा ४ हजार ६८४ जनाले दोस्रो डोज लगाई सकेका छन् भने बाँकी सबैलाई दोस्रो डोज आज र भोली लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

हुँदा यसको डोज पुरा गर्न अझै २१ हजार ८७२ जना बाँकी रहेको हुँदा भोली र पर्सी दोस्रो ‘भेरोसेल’ को दोस्रो डोज मात्रै खोप कार्यक्रम राखिएको बताईएको छ ।

धादिङमा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज लगाउनेको संख्या २२ हजार १३८ जना छ । यस मध्य दोस्रो डोज ३ हजार ११३ जनाले मात्रै लगाएको छन् अझै यो खोपको दास्रो डोज लगाउन १८ हजार ९०५ जना बाँकी छन् ।

त्यसैगरी धादिङ पछिल्लो पटक लगाईएको अमेरीकन ‘जोनसन एन्ड जोनसन’ खोप हो । यो खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् । यो सिङ्गल डोजको खोप भएकोले अर्को डोज लगाउनु पर्दैन ।

जिल्ला स्वास्थ्य कार्याललय धादिङले दिएको जानकारी अनुसार ७६ हजार ४८० डोज खोप आएको मध्य ७३ हजार ४८० डोज खोप लगाई सकिएको छ जस मध्य ४० हजार ७७७ जनाले दोस्रो जोड खोप लगाउन बाँकी छ ।