
धादिङ साउन २६ । धादिङ जिल्लामा अहिले सम्म तीन किसिमका कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७३ हजार ४८० जनाले जनाए लगाई सकेका छन् ।
जस मध्य चिनियाँ ‘भेरोसेल’ खोप धादिङमा २६ हजार ५५६ जनाले लगाएका छन् । यो खोपको दास्रो डोज ४ हजार ६८४ जनाले मात्रै लगाएको हुँदा यसको डोज पुरा गर्न अझै २१ हजार ८७२ जना बाँकी रहेको हुँदा भोली र पर्सी दोस्रो ‘भेरोसेल’ को दोस्रो डोज मात्रै खोप कार्यक्रम राखिएको बताईएको छ ।
धादिङमा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज लगाउनेको संख्या २२ हजार १३८ जना छ । यस मध्य दोस्रो डोज ३ हजार ११३ जनाले मात्रै लगाएको छन् अझै यो खोपको दास्रो डोज लगाउन १८ हजार ९०५ जना बाँकी छन् ।
त्यसैगरी धादिङ पछिल्लो पटक लगाईएको अमेरीकन ‘जोनसन एन्ड जोनसन’ खोप हो । यो खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् । यो सिङ्गल डोजको खोप भएकोले अर्को डोज लगाउनु पर्दैन ।
जिल्ला स्वास्थ्य कार्याललय धादिङले दिएको जानकारी अनुसार ७६ हजार ४८० डोज खोप आएको मध्य ७३ हजार ४८० डोज खोप लगाई सकिएको छ जस मध्य ४० हजार ७७७ जनाले दोस्रो जोड खोप लगाउन बाँकी छ, भने अझै २ हजार ६८७ डोज खोप बाँकी रहेको छ ।