
धादिङ साउन २३ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ४१७ जना रहेको छ जसमा ३० जना पछिल्लो २४ घण्टाको अवधिमा थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको पछिल्लो जानकाी अनुसार आज थपिएका संक्रमितमा बेनीघाट रोराङमा १६, नेत्रवाती डवजोङमा ५ र धादिङ हस्पिटलमा ९ गरि ३० जना छन् ।यहि अवधिमा धादिङमा ४८ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो जानकारी अनुसार धादिङ जिल्ला हस्पिटल आइशोलेसनमा ८ र होम आइसोलेसनमा ४०९ रहेका छन् । आज धादिङ हस्पिटलमा २० स्वाब संकलन भएको छ । १३५ एनटीजेन परिक्षण मध्ये ३० पोजिटिभ आएको छ ।
धादिङ हिजो निलकण्ठमा ६, धुनीबेसीमा ४, गल्छीमा २, ज्वालामुखीमा ५, गंगाजमुनामा १२, नेत्रवाती डवजोङमा १ गरेर गरी ३० जना कोरोना संक्रमित थपिएका थिए ।