गजल (…खोजीमा निस्केर)

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २२, २०७८

डुबाउनेहरु आफू निर्मित, नदीमा निस्केर
नाम कमाउँछ्न हराउनेको, खोजीमा निस्केर

अचेल पापहरुले पनि, निकै पुण्य गरे
त्यसैले त कराउँदैनन्, धुरीमा निस्केर

जो आएथ्यो यहाँसम्म, एक्लै चप्पल लगाई
जुत्ता लाउन हुकुम गर्छ, बग्गीमा निस्केर

समाउनेहरु जहिल्यै पनि, ओभानै रहन्छन्
भिज्छ त केवल छाता, पानीमा निस्केर

काँतरहरु हर घडी, गुफा भित्र लुक्छन्
तर ‘त्यागी’ बाँच्छ जीवन, आँधीमा निस्केर

-મહાન ત્યાગી